६ महिनामा १ अर्बको डाइपर आयात, ११ करोडको निर्यात
काठमाडाैं | माघ १७, २०७९
काठमाडौँ: चालू आर्थिक वर्ष २०७९र८० को ६ महिनाको अवधिमा नेपालले १ अर्ब ७ करोडको डाइपर आयात गरेको छ । यस्तै ११ करोडको निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले अर्बौको सामान आयात गर्दा निर्यात करोडमा सिमित बनेको हो ।
यस अवधिमा विदेशबाट नेपालतर्फ १ अर्ब ७ करोड ३६ लाख रुपैयाँको डाइपर आयात भएको छ । यस अवधिमा उक्त मूल्य बराबरको ६ करोड ४४ लाख पिस डाइपर आयात भएको हो ।
यस्तै, साउनदेखि पुससम्मको अवधिमा नेपालबाट विदेशतर्फ ११ करोड ८५ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा १ करोड ८० लाख पिस डाइपर निर्यात भएको छ । यसैगरी, नेपालबाट ४ करोड ८२ लाख रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात हुँदा ४५ करोड २६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड आयात भएको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

